श्रीमानको बाँया तिर किन सुत्छिन श्रीमती ? जानी राखौ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ।

तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो । आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

–एकअर्काको कुरामा ध्यान नदिने र नसुने जस्तो गर्नु नराम्रो बानी हो । एकअर्काको कुरा ध्यान नदिनु भनेको वास्ता नहुनु हो । यसबाट बच्नुहोस् ।
–हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ । कुनै कुरा प्रति असहमति भए पनि मायाले पनि भन्न सकिन्छ ।

–एकअर्काबीच कुरा हुँदा राम्रो शब्दको चयन गर्न जरुरी हुन्छ ।

–सरी, थ्याङ्क्यु, प्लिज जस्ता ‘म्याजिक वर्ड’ प्रयोग गर्नाले गुड म्यानर भएको हो भन्ने मात्र दर्शाउँदैन् सम्बन्ध बलियो पनि बन्छ ।
–घरमा कोहि पाहुना वा आफन्त भए उनीहरुको अगाडि आपसी व्यवहारमा सहजता र प्रेम झल्कनु जरुरी हुन्छ ।

–चिड्याउने नगर्नुहोस् । कहिलेकाहि ठट्टा गर्नु अलग कुरा हो ।

ठट्टाको बाहनामा अपमान गर्नाले आत्मसम्मानमा ठेस पुग्न सक्छ ।

–एकअर्काको परिवारको बारेमा केहि गलत कुरा नगर्ने । उनीहरुको सम्मान गर्न सिकौं । तब मात्र श्रीमान श्रीमतीबीचको सम्बन्धमा पनि सम्मान हुन्छ ।

–रिसाएको बेला केहि बोल्नुबाट बच्नुहोस् । यस्तो बेला जे पनि बोल्न सकिन्छ ।

त्यसैले शान्त भएपछि मात्र कुरा गर्नुस ।
–जति सक्नुहुन्छ बहस गर्नुबाट बच्नुहोस् । बहस धेरै हुँदा अशिष्ट र असभ्य भाषा बोलिन्छ । रिसको झोँकमा बोलेको अपशब्दले भावी जीवनमा पर्न जान्छ

–बदलाको भाव मनमा नराख्नुहोस् ।

पुरानो कुरा, भइसकेको कुरालाई लिएर बदलाको भावना नराख्नुहोस् । जुन सम्बन्धमा प्रेम, बिश्वास र सम्मान हुन्छ त्यहाँ बदलाको भाव हुनुहुँदैन् ।

–खानेबेलामा गफ नगर्नुहोस् । विस्तारै खाना चपाउँदै खानुहोस् । राम्रो मुड बनाएर खानुहोस् ।

खानेबेलामा गम्भिर र विवादास्पद मुद्दामा बहस नगर्नुहोस् ।
–मोबाइल म्यानरको पनि ख्याल राख्नुहोस् ।

विनाकारण एकअर्काको मेल वा म्यासेज चेक नगर्नुहोस् । फोन गर्दा ठूलोठूलो आवाजमा कुरा नगर्नुहोस् ।
–एकअर्काको अनुमती विना व्यक्तिगत सामान नचलाइदिनुहोस् ।

–समयको महत्व पनि बुझ्नुपर्छ । एकअर्कालाई धेरै कुराउनु पनि राम्रो होइन् ।
–आपसमा सेयरिङ र केयरिङको भावना हुनु जरुरी हुन्छ ।

एकअर्कालाई सपोर्ट गर्नुहोस् । इष्र्याको भावना नराख्नुहोस् । एकको सफलता दुबैको सफलता हो । त्यसैले बधाई दिने र सेलिब्रेट गर्ने गर्नुपर्छ ।
–एकअर्काको तारिफ गर्नुहोस् । कहिलेकाही सरप्राइज पनि दिनुहोस् ।