हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृत्यु !

हाम्रो सन्देश संवाददाता

६ जेष्ठ, काठमाडौं ।

भरतपुरमा दुई छुट्टाछुट्टै स्थानमा हावाहुरी रुख ढलाउँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढलाउँदा भरतपुर ११ र १ मा च्यापिएर तीन जनाको मृत्यु भएको हो।

भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को भोजाडमा रुख ढलेर अटो च्यापिँदा २ जनाको घटनास्थलमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीमा अनुसार भरतपुर १ मा रुख ढलेर म्याजिक च्यापिँदा एक जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतकहरुको सताखत हुन बाँकी छ।

गुडिरहेको बसमाथि रुख ढल्यो, पाँच यात्रु घाइते

कैलालीको लम्किचुहा गाउँपालिका–८ गप्कामा गुडिरहेकोे बसमाथि रुढ ढलेको छ। घटनामा परी पाँच यात्रु घाइते भएका छन्। से १ ख १८०६ नम्बरको सुदूरपश्चिम यातायात बसमा हावाहुरीले ढलाएको रुख बज्रेको हो। दुर्घटनामा बस क्षतिग्रस्त भएको छ।

घाइते यात्रुको उपचार स्थानीय लालरत्न अस्पतालमा भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए।

दुर्घटनामा एकको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरास्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिका–५ का ४५ वर्षीया श्रवण राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रनाउ जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोहत्तरीको बर्दिवास नगरपालिका–१ बर्दीवासका प्रेमकुमार अधिकारीले चलाएको ना ५ ख ४३८३ नं को बसमा विपरित दिशा तर्फबाट आउँदै गरेको बर्दगोरिया गाउँपालिकाको श्रवण रानाले चलाएको से ५ प २४४ नं को मोटरसाइकल ठोक्किन गई मोटरसाइकल चालकको घटना स्थलमा मृत्यु भएको हो । बससहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।