रामेछाप मन्थली नगरका पाँच वटा वडाको मत परिणाम सार्वजनिक:कुन वडामा कसको जीत ?

हाम्रो सन्देश संवाददाता

२ जेष्ठ , काठमाडौं ।

रामेछापको मन्थली नगरपालिको मत गणना जारी छ । सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा १४ वटा वडा छ ।

ती मध्ये अहिलेसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ३ वटा वडा जित्दा नेपाली काँग्रेसले २ वटा वडा जतेको छ ।
एमालेले वडा नं २,१३,१४ र नेपाली काँग्रेस वडा नं १ र १२ मा विजयी भएको छ ।

पाँच वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा नगर प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठले अग्रता छन् । उनको ३ हजार ८ सय ७२ मत छ भने नेपाली काँग्रेसका बिनोद कार्कीको ३ हजार ३ सय ६मत छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेकी ईश्वरी बस्नेतको ३ हजार ५सय५ मत हुँदा नेपाली काँग्रेसकी यसोदा श्रेष्ठको ३ हजार ३ सय ७५ मत रहेको छ ।

अहिले वडा नं ३ कठजोरको मत गाणना भइरहेको छ । उक्त वडामा पनि एमालेले सुरुवाती अग्रता लिएको छ ।

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता
काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेकपा ९एमाले० का केशव स्थापितले दुई हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ ।

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।