१ जेष्ठ , चितवन ।
भरतपुर महानगरपालिकामा ८०८५ मतपत्र गणना सकिएको छ । गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा ३ मतले पुनः अग्रता लिएकी छन् ।
सुवेदीले २९१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारी ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र सुनारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटीलाई पराजित गरेका हुन्।
सुनारीले ४०५९ मत प्राप्त गरे भने वस्ताकोटीले ३९०० मत प्राप्त गरे। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना विजयी भएकी छिन्। उनले एमालेकी भूमिका खण्डलुकलाई पराजित गरेकी हुन्।
सङ्खुवासभाको सभापोखरीमा गठबन्धन विजयी
सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।
विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गर्नुभएको छ ।
त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गर्नुभएको छ । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी हुनुभएको छ ।
कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित हुनुभएको हो । उहाँ यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी हुनुभएको हो ।
त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गर्नुभएको छ । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गर्नुभएको छ ।
वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउनुभएको छ । सुब्बा यसअघिका वडाध्यक्ष हुनुहुन्थ्यो ।
वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी हुनुभएको छ भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित हुनुभएको छ । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।