बालेनले दोब्बर मतले अग्रता लिएपछि केशव स्थापितको प्रतिक्रिया यस्तो कडा आयो !

हाम्रो सन्देश संवाददाता

१ जेष्ठ , काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर को बन्ला ? भन्ने प्रश्नको उत्तरको प्रतिक्षा देश तथा विदेशमा रहेका नेपालीहरुले गरिरहेका छन् । मतगणना सुरु भएदेखि नै निरन्तर लिड गरिरहेका बालेन्द्र शाह यो समाचार तयार पार्दासम्म दोब्बर मतले अगाडी छन् । मतगणना जारी छ ।

मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।

गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्। उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए।

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी छैन,’ स्थापितले भने, ’जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेश्रो हो।’

उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे। ’केही घन्टापछि हेरौं,’ स्थापितले भने, ’म अहिले ध्यानमा छु।

सङ्खुवासभाको सभापोखरीमा गठबन्धन विजयी
सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर वुर्जा मगरले ५४८ मत प्रप्त गर्नुभएको छ । वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पाराजित हुनुभएको हो । उहाँ यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गर्नुभएको छ । वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गर्नुभएको छ ।

वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याउनुभएको छ । सुब्बा यसअघिका वडाध्यक्ष हुनुहुन्थ्यो । वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी हुनुभएको छ भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पाराजित हुनुभएको छ । सङ्खुवासभामा १० स्थानीय तहमध्ये आठ स्थानीय नेकपा एमाले तहमा पाँच दलीय गठबन्धन भएको थियो भने दुई स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा भएको छ ।