यी हुन् एमालेको प्यानल नै विजयी भएको अन्य ३ गाउँपालिका

हाम्रो सन्देश संवाददाता

३१ वैशाख, काठमाडौं ।

दैलेख जिल्लाको महावु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । महावु गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा सर्वराज सार्की विजयी भएका हुन् ।

उनी ६९२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६ मत प्राप्त गरेका थिए ।
त्यस्तै खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी अध्यक्ष पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, काँग्रेसले ३५३ मत ल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र काँग्रेस ५७६ मत ल्याएको छ ।

जाजरकोट बारेकोट–९ एमालेको प्यानलनै विजयी

यसैगरी जाजरकोट बारेकोट गाउँपालिका–९ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका दानबहादुर शाहीले ३७७ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी गठबन्धनका साझा उम्मेद्वार कर्णबहादुर मताराले २६२ मत प्राप्त गरेका थिए ।

यस्तै , सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै बारेकोट गाउँपालिका–९ मा प्यानल नै विजयी भएको हो ।

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

त्यस्तै ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा एमालेको प्यानलन नै विजयी भएको छ । एमालेका उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले ४५६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत ल्याएका थिए ।

यस्तै , सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानल नै विजयी भएको हो ।