३१ वैशाख, काठमाडौं ।
स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित आठ पालिका प्रमुख र सात उपप्रमुदको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार पालिका प्रमुखमा एमालेले चार, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले दुई ठाउँमा जित हासिल गरेको छ । त्यस्तै उपप्रमुखमा कांग्रेस तीन, एमाले दुई, एकीकृत समाजजवादी एक र स्वतन्त्र एक जना उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) विजयी हासिल गरेको छ ।
नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध० विजयी हासिल गरेको छ ।
हालसम्मको परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले दुई पालिकामा विजयी हासिल गरेको छ । समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिकामा (निर्विरोध) निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा र मुस्ताङको घरपझोङमा जित हासिल गरेको छ ।
देशैभरीको मतगणना चलिरहँदा नेपाली कांग्रेसले १ सय २६ पालिकाको प्रमुखमा अग्रता बनाएको छ । कांग्रेसले १ सय १ पालिकाको उपप्रमुखमा अग्रता बनाएको छ । नेकपा एमालेले पालिका प्रमुखमा ७३ र उपप्रमुखमा ८३ स्थानमा अग्रता कायम गरेको छ ।
मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले विजयी
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित हुनुभएको छ । उहाँले ८६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गर्नुभएको छ । यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ७४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गर्नुभएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा कूल तीन हजार ५३५ मतदातामध्ये एक हजार ६५७ मत मात्रै खसेको थियो ।
नासों गाउँपालिकाको मतगणना जारी रहेकोले आज साँझसम्ममा गणना सकिने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताउनुभयो । उक्त गाउँपालिकाको अध्यक्षमा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको अग्रता कायम रहेको उहाँले बताउनुभयो । उपाध्यक्षमा सत्ता गठबन्धनकै नेकपा (माओवादी केन्द्र)को अग्रता कायम रहेको छ ।
मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो ।
नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।