यूएईद्धारा श्रमिक लक्षित बेरोजगार बीमाकाे घोषणा

हाम्रो सन्देश संवाददाता

२८ वैशाख, दुबई ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा बेरोजगार बीमाको घोषणा गरिएको छ।

अचानक आफ्नो रोजगार गुमाउने श्रमिकलाई लक्षित गर्दै बेरोजगार बीमा योजनाको घोषणा गरिएको हो। यो नयाँ बीमा योजनाले कर्मचारी र श्रमिकलाई जागिर गुम्नबाट जोगाउने बताइएको छ।

मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि एक ट्विट गर्दै यूएईका उप–राष्ट्रपतिले बेरोजगारी बीमा योजनाले अकस्मात आफ्नो जागिर गुमाउने बीमा गरिसकेका व्यक्तिलाई सीमित अवधिको लागि नगद रकम प्रदान गर्ने बताएका छन्।

बीमाप्याकेज मार्फत लागू गरिनेछ। सो बीमा योजनामार्फत एक बीमित श्रमिककाे राेजगारी गुम्यो भने उसले अर्को जागिर नपाउँदासम्म निश्चित अवधिको लागि क्षतिपूर्ति दिइनेछ।

‘यसको उद्देश्य यूएईमा श्रम बजारको प्रतिस्पर्धात्मकता बढाउनु, कर्मचारी र श्रमिकहरूको सुरक्षा गर्नु तथा स्थिर कार्य वातावरण स्थापना गर्नु हो,’ यूएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले ट्वीटरमा उल्लेख गरेका छन्।

तर, शेख मोहम्मदको कार्यालयले यो योजनाको बारेमा थप विवरणहरू भने सार्वजानिक गरेकाे छैन।

वैदेशिक श्रम विभाग द्वारा प्रदान गरिएको जानकारी:

व्यक्तिगत भिसा प्राप्त गरेपछि मात्र तपाईलाई रोजगार प्रस्ताव गरिएको कम्पनीमा पैसा जम्मा गर्नुहोस्। कृपया भाउचर सङ्कलन गर्न निश्चित गर्नुहोस्।

तपाईले काम गर्ने वा काम गरिरहनुभएको देशमा रहेका नेपाली कूटनीतिक कार्यालयहरुको सम्पर्क नम्बर र ठेगाना नोट गर्नुहोस्।

यसले तपाईंलाई आवश्यक हुँदा तिनीहरूसँग सम्पर्कमा रहन सजिलो बनाउँछ।

यस कागजातमा उल्लेख गरिएको भन्दा बढी नगद नदिनुहोस्। वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम लिनु अनिवार्य छ ।

रोजगारीका लागि विदेश जानुअघि तपाईले काम गरिरहनुभएको देश, तपाईले काम गरिरहनुभएको कम्पनी र तपाईलाई उपलब्ध गराइने सुविधाका बारेमा राम्ररी पढ्नुहोस्।

यसलाई ध्यानपूर्वक पढेर मात्र नियम र सर्तहरूमा हस्ताक्षर गर्नुहोस्। कृपया त्यसको प्रतिलिपि सुरक्षित रूपमा आफूसँग राख्नुहोस्। विदेशमा यात्रा गर्दा नेपालकै विमानस्थल प्रयोग गर्नुहोस् किनकि तपाईलाई धोका हुने सम्भावना छ।

यदि तपाईंलाई यस विज्ञापनको बारेमा थप जानकारी चाहिन्छ भने, कृपया वैदेशिक श्रम विभाग, तहचलमा सम्पर्क गर्नुहोस्।