मतदाता नामावलीमा तपाईंको नाम छुट्यो ? अब कहिले थप्न मिल्छ ? यस्तो छ प्रावधान

हाम्रो सन्देश संवाददाता

२५ वैशाख, काठमाडौं ।

मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन ।

स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा हेरफेर नहुने भएकाले आयोगले त्यस्ता जिज्ञासाहरुमाथि सोही प्रकारको जवाफ दिने गरेको छ ।

गत माघ २४ गते सरकारले आयोगको परामर्शमा यही वैशाख ३० गतेका लागि ७५३ स्थानीय तहमा निर्वाचन हुने घोषणा गरेको थियो । माघ २५ गते नै आयोगले सूचना जारी गरी मतदाता नामावालीमा हेरफेर नहुने स्पष्ट गरेको थियो ।

कल सेन्टरमा मतदाता परिचयपत्र हराएकाहरुले प्रतिलिपि प्राप्त हुने कि नहुने, मतदाता परिचयपत्रबाहेक परिचय खुल्ने अन्य परिचयपत्रबाट मतदान गर्न मिल्ने कि ।

नमिल्ने, वैदेशिक रोजगारबाट हालसालै स्वदेश फर्किएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम समावेश हुने कि नहुने ? लगायतका जिज्ञासा पनि आउने गरेका छन् ।

आयोगका उपसचिव ऋषिराम भुसालले वैदेशिक रोजगारीबाट फर्केकाको नाम अहिले थप्न नमिल्ने जनाउनुभयो भने मतदाता परिचयपत्र हराएकामा । हकमा परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने गरी मतदान गर्न दिने गरी आयोगले पछि निर्णय गर्न सक्ने बताए ।

आयोगको कल सेन्टरमा एक महिनाको अवधिमा पाँच हजार २५१ जिज्ञासा आएकामा अधिकांशको सम्बोधन गरिएको छ । कूल जिज्ञासाको चार । हजार ५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।

कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीका अनुसार गत चैत १५ गतेदेखि कल सेन्टर सञ्चालनमा आएको हो । कल सेन्टरमा दैनिक करिब ३०० जिज्ञासा आउने गरेका छन् ।

सोमध्ये अधिकांश जिज्ञासाको तत्काल सम्बोधन र केही जिज्ञासाको सम्बन्धित शाखा, महाशाखासँगको समन्वयमा सम्बोधन गर्ने गरिएको छ । कल सेन्टरमा एक जना सुपरभाइजर, एक जना नेपाल टेलिकमको सिनियर इञ्जिनीयर तथा पाँच कल एजेण्टहरु गरी सात जना जनशक्ति खटिएका छन् ।

नविनतम प्रविधियुक्त कल सेन्टरमा आउने जिज्ञासाको सम्बोधनका लागि आयोगका उच्च पदाधिकारी तथा कर्मचारीको सक्रियता रहेको पुडासैनीले बताए ।

कल सेन्टरमा प्रायः युवाहरुको जिज्ञासा बढी आउने गरेको पुडासैनीले बताए । प्राप्त अन्य जिज्ञासामा निर्वाचन ऐन, नियमका प्रावधान, स्थानीय तह निर्वाचनका ।

निर्देशिकामा भएको व्यवस्था, शिक्षक, पत्रकार, सङ्घ संस्थाका कर्मचारी, सरकारी कर्मचारीले दलको झण्डा बोकेर चुनावी प्रचारप्रसारमा हिँड्न पाइन्छ कि पाइदैन ?

उम्मेदवारहरुको योग्यता तोकिदा शैक्षिक योग्यता निर्धारण किन नगरिएको होला ? आदि जिज्ञासा बढी आउने गरेका छन् । कल सेन्टरमा जिज्ञासासहितको कल प्राप्त हुनासाथ कल सेन्टरले सम्बन्धित शाखा, महाशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरी जिज्ञासा तथा गुनासाहरु सम्बोधन ।

गर्ने गरिएको छ, केही जिज्ञासा उच्च तहमा सम्बोधनका लागि पठाइने गरिएको छ, सुपरभाइजर पुडासैनीले । भने, कल सेन्टरमा प्राप्त जिज्ञासाको तत्काल सम्बोधनका लागि स्वचालित आन्तरिक प्रणालीको व्यवस्थापन गरिएको छ ।

हाल सञ्चालनमा रहेको कल सेन्टर नेपालमै सञ्चार प्रविधिको एक नवीनतम प्रविधि एसआइपी पीबीएक्समा आधारित रहेको पुडासैनीले बताए । यो प्रविधिबाट एक पटकमा एकैचोटी १५ जनासम्मले कल गर्न पाउने सुविधा रहेको छ ।

हाल कल सेन्टरमा साँझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देशको रुपमा समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

४३ जिल्लामा मतपत्र ढुवानी

निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।