१५० सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

हाम्रो सन्देश संवाददाता

२४ वैशाख, काठमाडौं ।

पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल भित्र्याएका कर तिर्नुपर्छ । यस्तो करको दर विभिन्न प्रदेशहरुले आफ्नै तरिकाले तोक्ने गरेका छन् ।

१२५ सीसी सम्मको मोटरसाइकल वा स्कुटरको कर ३ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी १२६ देखि १६० सीसी सम्मका लागि ५ हजार, १६१ सीसी देखि २५० सीसी सम्मका लागि ६ हजार ५ सय र २५१ सीसी देखि ४०० सीसी सम्मका लागि ११ हजार कर तिर्नुपर्छ ।

त्यसैगरी ४०१ देखि ६५० सीसी सम्मका लागि २० हजार र ६५१ सीसी भन्दा माथिका सबै दुई पांग्रे सवारी साधनका लागि ३० हजार कर तिर्नु पर्ने व्यवस्था छ ।

बागमती वाहेक अन्य प्रदेशहरुले पनि आफ्नै तरिकाले विभिन्न दरहरु तोकेका छन् ।

त्यसैगरी दुई पांग्रे विद्युतीय स्कुटर वा मोटरसाइकलमा पनि निश्चित कर तिर्नुपर्छ । यस अनुसार ३५० वाट देखि १००० वाट सम्मका सवारी साधनमा २ हजार, १ हजार ५ सय वाट सम्ममा २ हजार ५ सय र यो भन्दा माथिल्लो क्षमताका सवारी साधनको कर ३ हजार रुपैयाँ तोकिएको छ ।

यस्तो हुनेछ काठमाडौं–पोखरा चल्ने सुन्दर यातायातको विद्युतीय बस

सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस सार्वजनिक गरेको छ । सुन्दर यातायातले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सो बस आगामी निर्वाचन पश्चात काठमाडौं–पोखरा रुटमा संचालन गरिने छ ।

सुन्दर यातायातले केही दिन पहिले नै यो बसको वारेमा जानकारी सार्वजनिक गरेको थियो । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘निर्वाचन पश्चात बस काठमाडौं–पोखरा रुटमा चलाइने छ ।’

थापाका अनुसार सो बस चाइनिज कम्पनी बीएकेको गुआङ अटो र कसिस ग्रुप अफ इंगल्यान्ड तथा सुन्दर यातायातको सहकार्यमा बनाइएको हो । सिंगल चार्जमा यसले ३२५ किलोमिटरको माइलेज दिनेछ । काठमाडौं देखि पोखरा सम्मको दुरी करिब २१० किलोमिटर भएकाले पोखरा र काठमाडौंमा मात्र चार्जिङ स्टेशन भए पनि चल्ने छ । यसले गर्दा हाल प्रारम्भमा यी दुई स्थानकै स्टेशनमार्फत चार्ज गरिने उनले बताए ।

सुन्दर यातायातले हाल काठमाडौंको रिङरोडमा विद्युतीय बस चलाइरहेको छ भने रुपन्देहीमा पनि केही दिन पहिले देखि चलाउन थालेको छ ।