कुइँकेल सँग विवाह बन्धनमा बाँधिइन रञ्जु दर्शना

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

एक समय रञ्जु दर्शना एकदमै चर्चित बनेकि थिईन् । सामाजिक सञ्जालमा उनकै मात्र कुराहरु हेर्न र देख्न पाइने गरिएको थियो । जब बिबेकशील साझा पार्टी फुट्यो त्यसपछि उनी एकाएक राजनीति छोडेर नितान्त ब्यक्तिगत जिवन जिउन थालिन् । पछिल्लो समय उनको नाम समेत सुन्न छोडिएको थियो । उनै रञ्जु दर्शना आज वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

दर्शनाको हिन्दू परम्पराअनुसार काठमाडौंमा आज किशोर कुइँकेल सँग विवाह सम्पन्न भएको हो । फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए । दर्शना विवेकशील साझा पार्टीमा चार वर्ष आबद्ध भएकी थिईन् । पार्टीमा बैचारिक मतभेद सिर्जना भए संगै दर्शनाले राजीनामा दिएर स्वतन्त्र रुपमा बसेकी थिइन् । उनले २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरका लागि उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला उनको खुब चर्चा थियो ।

यो पनि पढ्नुहोु् -शिक्षा प्रणालीमा सुधारको खाँचो-नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याउनुभएको छ । उहाँहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिनुभएको छ ।

सल्लाघारी अल्मुनाइ एसोसिएशनको आयोजनामा आज काठमाडौँमा भएको एक विचार गोष्ठीमा शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभएको छ ।

उक्त एसोसिएशन नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा सञ्चालित विद्यालय, माहविद्यालय, तथा स्वास्थ्य विज्ञान अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका विद्यार्थीको छाता सङ्गठन हो ।

आज सैनिक मुख्यालय जङ्गी अड्डामा भएको गोष्ठीमा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषयमा समेत विमर्श भएको थियो ।

विचार गोष्ठीमा प्रा डा मनप्रसाद वाग्ले, डा कर्ण राना, शिक्षा मन्त्रालयका हरि लम्साल, कमलसिंह राठौर, प्रा जयराज अवस्ती, प्रा हेमन्त शमेर राणालगायत विभिन्न क्षेत्रका सैनिक आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापककोसमेत सहभागिता थियो ।

गोष्ठीमा ‘राष्ट्रिय राष्ट्रियता र पहिचान शीर्षकमा छुट्टै सत्र सञ्चालन भएको एसोसिएशनका सचिव बालगोपाल कार्कीले जानकारी दिनुभयो । वक्ताहरूले नेपालको परम्परागत शिक्षा प्रणालीलाई आत्मसात् गर्दै त्यसैको जगमा टेकेर आधुनिक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै आधुनिक शिक्षा प्रणालीको विकासका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिनुभयो ।

उहाँले आजका कार्यक्रमको विषयमा प्रतिवेदन प्रकाशित गरी सम्बन्धित निकायमा पठाउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । एसोसिएशनले यसअघि खेलकूद, शिक्षा, विभिन्न क्षेत्रमा राहत वितरण, रक्तदानगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ । एसोसिएशनले प्रतिवेदन तयार भएपछि शिक्षा मन्त्रालयसहित सैनिक आवासीय महाविद्यालय तथा सरोकारवाला निकायमा पेश गर्ने जनाएको छ ।