“काउली बुढी” काे सुन्दर तस्विर हेराैँ (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

सन्ध्या बुढा

नेपाली हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा उनी ‘काउली बुढी’ नामले निकै परिचित छिन् । ‘काउली बुढी’ नामले निकै माया र साथ पाएकि उनी सामाजिक सञ्जालमा संक्रिय नै रहन्छिन् । सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् ।

केहि समय अघि उनले आफ्नाे फेसबुक र इन्स्टाग्राममा नयाँ नयाँ तस्बिर शेयर गरेकि थिइन् । इन्स्टाग्राममा उनको फलोअर ७ हजार ७ सय बढी छन् भने फेसबुकमा चाैरासि हजार तिन सय बढि छन् ।

नेपाल आइडल सिजन २ मा सहभागी भएलगतै उनकाे चर्चा निकै हुन थालेकाे हाे । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले आफ्नाे मेहेनत जारि राख्ने हाे भने उनकाे चर्चा शिखरमा पुग्ने छ ।

उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत बाहिरिएका छन् र केही गीतमा मोडलिङ समेत गरेकी छिन्। ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’, ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्। उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्विर हेर्नुहाेस्ः