२ चैत, टोक्यो।
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जापानस्थित मौसम विज्ञान एजन्सीका अनुसार फुकुसिमामा मंगलबार राति साढे ११ बजे ७.३ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। मियागी र फुकुसिमा क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो।
राष्ट्रिय प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण २० लाख बढी मानिस बिजुलीबाट प्रभावित भएका छन्। जापानको राजधानी टोकियोमा समेत बिजुली गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
युद्ध लम्बिए युक्रेनका ९० प्रतिशत मानिस गरिबीमा पर्ने
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले युक्रेनमा युद्ध लम्बिँदै गए त्यहाँका ९० प्रतिशत मानिस गरिबीको मारमा पर्ने चेतावनी दिएको छ ।
बुधबार यूएनडीपीका प्रमुख अचिम स्टेइनरले अर्को वर्षसम्म युद्ध लम्बिए युक्रेनका ९० प्रतिशत मानिस गरिबी एवं चरम आर्थिक जोखिमको चपेटामा पर्ने बताएका हुन् ।
यूएनडीपीले युक्रेनको अर्थतन्त्र धरासायी बनी खराब अवस्था नआओस् भनेर त्यहाँको सरकारसँग सहकार्य गरिरहेको पनि उनको भनाइ थियो ।
‘यदि युद्ध लम्बिँदै गयो र रोकिएन भने गरिबीको दर ह्वात्तै बढ्ने छ’, स्टेइनरलाई उदृत गर्दै रोइटर्सले लेखेको छ, ‘पूरै अर्थतन्त्र ध्वस्त भई खराब अवस्था आउन सक्छ । फलस्वरुप, ९० प्रतिशत मानिस गरिबीको रेखामुनि वा गरिबीको उच्च जोखिममा पर्न सक्छन् ।’
युद्ध लम्बिँदै गए युक्रेनले २ दशकमा गरेको आर्थिक उन्नति पूरै अस्तव्यस्त हुने पनि स्टेइनरको भनाइ छ । उनले भने, ‘एक-डेढ वर्षभित्रै १८ वर्षमा युक्रेनले गरेको आर्थिक उन्नति पूरै अस्तव्यस्त हुने हाम्रो अनुमान छ ।’
गत बिहीबार युक्रेनी सरकारका आर्थिक सल्लाहकार ओलेग उस्तेन्कोले रुसी हमलाका कारण झण्डै एक खर्ब डलर बराबरको पूर्वाधार ध्वस्त र ५० प्रतिशत व्यवसाय बन्द भएको बताएका थिए ।
रुसी हमलाका कारण यो वर्ष युक्रेनको अर्थतन्त्रमा १० प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताइसकेको छ । कोषका अनुसार युद्ध जारी रहे त्यहाँको आर्थिक अवस्था झन् खराब हुन सक्छ ।