भारतको तामिलनाडुमा पूर्ण लकडाउन

हाम्रो सन्देश संवाददाता

२५ पुस, चेन्नाई ।

भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु भएको छ। पछिल्लो समय देखा परेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबारदेखि पूर्ण लकडाउन सुरु भएको हो।

कोभिड-१९ नियन्त्रण एवं रोकथामका लागि तामिलनाडु सरकारले लकडाउनको निर्णय गरेको हो। लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छ। लकडाउनसँगै सहरका मुख्य चोक र गल्लीहरुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटाइएको बताइएको छ।

लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ। त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने हिन्दुस्तान टाइम्समा खबर छ।

मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक
डा मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ ।

शिक्षाविद् डा विद्यानाथ कोइराला र डा हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँहरुले नेपालको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा शिक्षा क्षेत्रका धेरै विषय समेटिएको उहाँहरुको भनाइ थियो ।

नेपालमा लामो समयसम्म शिक्षामा देखिएका चुनौती समाधान हुनसकेको छैन । तिनलार्ई एकीकृतरुपमा पुस्तकमार्फत समाधानको पहल गर्न सहयोग मिल्ने लेखक शाहीले बताउनुभयो । सङ्घीय प्रणालीमा अबको शिक्षालाई सही ढङ्गबाट अघि बढाउनका लागि के के चुनौती छन् र ती चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि पुस्तकमा खाका प्रस्तुत गरिएको जनाइएको छ ।

अबको शिक्षा कस्तो हुनु आवश्यक छ जस्ता विषय पनि पुस्तकमा समेटिएको लेखक शाहीले बताउनुभयो ।