मलेसिया जानका लागि अनलाइनबाट यसरी भिसाको प्रोसेस गर्नुस -भिडियो सहित

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

महामारी को कारण २ वर्ष देखी रोकिए को मलेशिया मा आउने विदेशी पर्यटक बिदेशी विधार्थी , विदेशी ब्यापारी र विदेशी स्वस्थ जचाउने बिरामी को लागि सजिलो हुने गरि यो सिस्टम बनाएको इमिग्रेशन महानिर्देशक, दातुक इन्देरा खैरुल जैमी दाउदले बताउनु भयो।

इ-भिसा अनलाइन प्रणाली एक महतोपूर्ण कदम रहेको जुन मलेशिया खोल्ने तयारी मा मदत गर्ने भएको जैमी दाउदले बताउनु भयो।

सरकारले मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नगरेपछि भिसा लागेर पनि मलेसिया जान नपाएका कामदारले फेरि सुरुदेखि नै प्रक्रिया अपनाउनु पर्ने भएको मलेसियाका लागि नेपालका राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।

अनावश्यक बढी शुल्क लिएर कामदारमाथि शोषण गरेको भन्दे सरकारले कामदार मलेसिया पठाउन रोकेको थियो। भिसा लागेर आएपछि मलेसिया नजाने आप्रवासी कामदारलाई त्यहाँको अध्यागमन विभागले कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ। भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा राख्ने गरेको छ।

मलेसिया जाने कामदारले सबै प्रक्रियाका लागि प्रतिव्यक्ति कम्तीमा पनि १३ हजार खर्च गरिसकेको संघले जनाएको छ। कामदारको करीब ४० करोड खर्च भएकाले उनीहरु उड्नबाट बञ्चित हुँदा सबै रकम गुम्ने अवस्स्था भएको व्यवसायीको भनाई छ। हालै नेपाल सरकार र मलेसियाबीच कामदारको सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति भएको छ।