नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु !

हाम्रो सन्देश संवाददाता

२१ पुस, काठमाडौं ।

व्यापारिक घरा,ना बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भा,डामा लियो । २०७७ सालमै उक्त जग्गा भाडामा लिइएको थियो। ज,समा अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ ।

बतास अर्गनाइजेसन अन्तर्गत बिपिएस लिजिङ कम्प,नीले महिनामा दुई लाख २१ हजार भाडा दिनेगरी सम्झौ,ता गरेको थियो । बतास समूहले नारायण,हिटी मात्र नभएर पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ ।

धर्मशालालाई भाडामा लिएर उसले होटल चला इरहेको हो ।यी दुवै कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओ,लीकाे पालामा भएको थियो । त्यो बेला एमाले नेता योगेश भ,ट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

उनकै कार्यकालमा उक्त सम्झौता भएको थियो । तर, भट्टराईले यो विषयमा आफू अनभिज्ञ रहेको प्रष्टिकरण दिइसकेका छन् ।

अहिले बताससँगै नेकपा एमालेको पनि चर्को आलोचना भइ रहेको छ । यसअघि यति समूह र ओम्नी समूहले विभिन्न ठे क्का आफ्नो हात पारेको थियो । प्रधानमन्त्री तथा मन्त्रीहरू लाई विभिन्न प्रलोभनमा पारेर दुई समूहले अर्बौंको भ्रष्टाचार गरेका थिए ।

बतास समूहलाई पनि तत्कालीन ओली सरका सँगै जोडेर हेर्न थालिएको छ । तर, बतास समूह अन्तर्गत बतास फाउण्डेसन को एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ ।

बतास फाउण्डेसनले आफ्नो बेवसाइटमा राखे को सूचनामा आरजूलाई एडभाइजर (सल्लाह कार) को रूपमा राखेको छ । सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभा इजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्या य, क्रिस वार्डेल छन् ।

आनन्दराज बतास सञ्चालक रहेको बतास कम्पनीको निर्देशक मा २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसी लगायतका छन् । बतास फाउण्डेसनले कोरोना महामारीको समयमा वि भिन्न अभियान सञ्चालन गर्दै आर्थिक संकलन गरेको थियो ।

रू. दान, महामारीमा ज्यान भन्ने नारासहित बता स फाउण्डेस नले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट का साथै थप आई सीयू जडान गर्ने अभियान चलाएको थियो ।

जसमा सन् २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसीसँगै, सन् २०१० कि मिस वर्ल्ड नेपाल सदिक्षा श्रेष्ठ, भलिबलको राष्ट्रिय खेलाडी सिपोरा गुरूङ, सन् २०११ कि मिस वर्ल्ड नेपा ल मलिना जोशी लगायतले ऐक्यबद्धता जनाएका थिए ।

त्यस्तै रू. १०० दान गरौं, महामारीमा प्राण राखौं भन्ने नारास हित सामुदायिक, सरकारी अस्पतालमा अक्सिजन प्लान्ट र कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भन्दै सहयोग उठाएको थियो ।

एकातिर समाज सेवाको नाममा पैसा उठाउँदै आएको बतास समूहले अर्कोतिर भने महत्वपूर्ण ठेक्काहरू हत्याउँदै आएको छ ।

यसको पछाडि एउटा मात्र दलको साथ र सहयोगको आधारमा सम्भव नहुने जानकारहरू बताउँछन् ।

पर्यटन मन्त्रालयको मौखिक आदेशपछि बतास थप बलियो:

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट सञ्चालनका लागि भइरहेको भवन निर्माणको कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले निर्देशन दियो ।

सोही आधारमा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चाल न विकास समितिले तत्काल काम रोक्न निर्देशन दिएको थियो ।

मन्त्रालयको मौखिक आदेशको आधार भन्दै विकास समितिले काममा रोक लगाएको थियो । यसरी मन्त्री प्रेम आले मगरको मौखिक निर्देशन पछि विकास समितिले रोक लगाउन आदेश दिन नसक्ने धेरैको तर्क छ ।

यसरी आदेश दिनुको पछाडि दुई वटा तर्क हुनसक्छ ।पहिलो- बतास समूहलाई अदालतबाटै आदेश लिएर ल्याउने र भोलिको अर्को सरकारले पनि कुनै रोक लगाउन नसक्ने ।दोस्रो भनेको आरजुसँगको आर्थिक लेनदेनमा गडबडी भएपछि तर्साउन मात्रै खोजेको ।

मन्त्रालयको मौखिक आदेशपछि बतास समूह आफुले काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने मनसायमा देखिएको छ । अदालतबाट रेस्टुरेन्ट सञ्चालन गर्न दिनु भन्ने आदेश दिलाएर नारायणहिटीमा आफ्नो बलियो उपस्थिति देखाउन खोजिएको छ ।

अर्को कुरा आरजु र बतास समूहबीचको आर्थिक लेनदेनमा समस्या देखिएपछि तर्साउन आफ्नो पावरको प्रयोग पनि गरेको हुनसक्ने देखिएको छ । साभार फरकधारबाट।