भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा पक्राउ, यस्तो गम्भीर छ काण्ड

हाम्रो सन्देश संवाददाता

२० पुस, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी प’क्रा’उ परेका छन्। उनि पैदलयात्रीलाई घाईते बनाएर फरार भएका थिए।

आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई प’क्रा’उ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनी सवारी ज्यान मुद्दामको फरार सुचीमा थिए।

गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृ’त्यु भएको थियो। तेस्तै, सिराहाका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको छ।

जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन र हड्ताल गरिरहेका बेला प्रहरी प्रमुख पाण्डेलाई केन्द्रमा तानिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पाण्डेलाई केन्द्रमा तानेर उक्त ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको छ।

सरूवा भएपछि पाण्डेले कांग्रेस सिराहा सभापति रामचन्द्र यादवलाई दुर्व्यवहार गरेको स्रोतको दाबी छ। सभापति यादवले सरूवा गरिदिने चेतावनी दिएको भन्दै एसपी पाण्डे गए राति उनको घरमा गएको यादव पक्षको दाबी छ।

एसपी पाण्डे राति सभापति यादवको घरमा आउनुभएको थियो, यादवका सहयोगीले भने, यो घटनाबारे जिल्ला प्रहरी कार्यालयमा अहिले प्रदेश २ का प्रहरी प्रमुखसहित छलफल भइरहेको छ।

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेको सरूवा भएको बताए। उहाँको सरूवा भएको हो। अरू के के भयो भन्नेबारे हामी छानबिन गर्दैछौं, उनले भने।

गए राति एसपी पाण्डे कांग्रेस सभापति यादवको घर गए/नगएको विषयबारे भने आफूलाई थाहा नभएको उनले बताए। सरूवा भएपछि पाण्डे कांग्रेस सभापति यादवको घरमा राति पे’स्तो’ल’सहित पुगेको यादव पक्षको दाबी छ।

तेस्तै,कैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेस सहित प्रहरीले १ जनालाई प’क्रा’उ गरेको छ। पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका २ का २० बर्षिय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

बोहरालाई काठमाडौँ जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए। उनलाई म्याद थप गरी कार्बाही अघि बढाउने तयारी भईरहेको उनले बताए। सेतोपाटी बाट।