चिसोमा अहिलेसम्मकै बोल्ड अवतारमा धमला पत्नी (तस्बिरहरू)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।

१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनको माग निकै छ ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । यसैक्रममा उनले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तै बोल्ड केही तस्विरहरु शेयर गरेकी छिन् ।

जहा उनी निकै सुन्दर देखिएकी छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

त्यस्तै उनी हाल क्यानडा पुगेर फर्कीएकी छन् । फर्किए लगत्तै उनले नयाँ कार खरिद गरेकी छन् । उनले ५० लाखमा टाटाको नेक्सन कार किनेकी छन् । उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् । जहाँ उनी कारसँगै खिचिएका तस्बिरले राम्रो राम्रो चर्चा पाएका छन् ।

त्यस्तै पछिल्लो समय उनी अहिलेसम्म्कै बल्ड अवतारमा देखिएकी छन् । उनले नयाँ फिल्म घुइँचो मा साइन गरेपछि उक्त फिल्मको कार्यक्रममा उनी निकै बोल्ड बनेकी हुन् । तस्बिरमा उनि खुलेको देखेर सामाजिक संजालमा ट्रोल नै बनेकी छन् ।