रामकुमारी झाँक्रीको पिर्के सलामी, यसमा तपाईको धारणा के छ ?

हाम्रो सन्देश संवाददाता

१९ पुस, काठमाडौं ।

नेकपा एमालेको सरकार हुँदा जिल्ला गएका मन्त्री र जनप्रतिनिधिलाई दिइएको सलामीको निकै आलोचना हुने गरेको थियो । सलामी लिएका तस्बिर सामाजिक सञ्जालमा राखेर निकै टिप्पणी हुन्थे । त्यसरी टिप्पणी गर्नेमा एक जना नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री पनि थिइन् । तर समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्री आफै अहिले आलोचित बनेकी छन् ।

उनले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको छ । गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा पुगेकी उनलाई प्रहरीले ‘पिर्के सलामी’ दिएको हो । सो तस्वीर आइतबार सार्वजनिक भएको थियो ।

गुल्मी मन्त्री झाक्रीको गृहजिल्ला पनि हो । पिर्के सलामीको विगतमा पनि चर्को आलोचना हुने गरेकोमा गणतन्त्रवादी नेतृत्वको पहिचान बनाएकी झाँक्रीले सलामी लिएर आलोचना खेपेकी हुन् । विगतमा यस्तो पिर्के सलासी पर्थाको स्वयम उनैले आलोचना गर्दै आएकी थिइन् ।

दाङमा पच्चीस हजार ५०० मतादाता थपिए
फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् । पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो ।

पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उहाँले बताउनुभयो । घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली सङ्कलन भइरहेको छ ।

बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान सुरु हुनुुपूूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन