प्रचण्डकी पुत्री रेणु दाहाल खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य !

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा २३६ जना केन्द्रीय सदस्यमा चयन भएको घोषणा गरेका छन् ।

जारी महाधिवेशनमा प्रचण्डले आइतबार यस्तो सूची सार्वजनिक गरेका हुन् । उनले घोषणा गरेको सूची बन्दसत्रबाट पारितसमेत भइसकेको छ । त्यस क्रममा भरतपुर महानरपालिकाकी मेयर समेत रहेकी रेणु दाहालको नाम पनि अटाएको छ । रेणु अध्यक्ष प्रचण्डकी छोरी हुन् । उनी खस आर्य महिला तर्फ परेकी हुन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डको बरियता २३औं नम्बरमा पुगेको छ । प्यानल घोषणा गर्दा प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा पुर्याएका हुन् ।

प्रज्ञाभवन कमलादीमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा गर्ने क्रममा प्रचण्डले खुला तर्फ अफ्नो नाम राखेका हुन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

खस आर्य महिलातर्फ को को परे ?

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलबासे, जाना कुमारी शर्मा, देवी खड्का

,धर्मशीला चापागाईं ,नारायणी शर्मा ,बलावती शर्मा,विमला सुवेदी,रेणु चन्द,रेणु दाहाल

,सत्या पहाड़ी,संगीता कार्की,लक्ष्मीदेवी न्यौपाने,मञ्जु बम,कुन्ती जोशी,टिका बुढाथोकी,गोमा कुँवर

,काली चलाउने,लुम्बिनी गौतम,हरिमाया शर्मा