अन्तिम संस्करका लागि शव लिएर जाँदै गरेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

शव लिएर रिडी जाँदै गरेको बस दुर्घटना भएको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको हो । लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको छ। ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर

यो पनि नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसकेको हो ।

बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो ।माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ । अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ। केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन्।

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि
कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिनुभयो । विजेता टिमले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु नौ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलकोे नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।