यी हुन् प्रचण्डले उल्लेख गरेका विश्व खरिद गर्न सक्ने धन कुबेरहरु (नामावलीसहित)

हाम्रो सन्देश संवाददाता

१३ पुस, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १०० जना धनकुबेरहरुले चाहेमा विश्व नै खरिद गर्न सक्ने उल्लेख गरेका छन् । उनले यसलाई आर्थिक असमानताको भयावह स्थिति भन्दै ती धनकुबेरहरुको नामावली समेत उल्लेख गरेका छन् ।

प्रचण्डले ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेको धनी देशहरुमा केन्द्रित रहेको बताएका छन् । त्यो पनि अत्यन्त सिमित धनाढ्यहरुको कब्जामा रहेको उल्लेख गरेका छन् ।

प्रचण्डले उल्लेख गरेका विश्वका १० धनकुबेरहरुमा बेनार्ड अर्नल्ट पहिलो नम्बरमा छन् । फ्रान्सका बेनार्डको कुल सम्पत्ति १६६.३ अर्ब डलर रहेको उल्लेख छ । दोस्रो नम्बरमा अमेजनका मालिक जेफट वेनोस छन् । विल गेट्स, मार्क जुकर वर्गको पनि नाम छ ।

माओवादी र हाम्रो मन ठ्याक्कै मिल्यो, अब एकता घोषणा हुन्छ अरू मिल्दै जान्छन्ः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू र माओवादी केन्द्रको मन ‘ठ्याक्कै’ मिलेको बताएका छन् । माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपालले आफूले माओवादीले सम्मेलन नभएर महाधिवेशन गरोस् भन्ने चाहेको उल्लेख गर्दै उक्त विषयमा मन मिलेको बताएका हुन् ।

‘प्रत्येक ५/५ वर्षमा गर्नुपर्ने महाधिवेशन विभिन्न कारणले गर्दा हुन नसक्दा पनि किन त्यहाँ सोचिरहनुभएको छैन भन्ने ठानीरहेको बेलामा ठ्याक्कै तपाईं र हाम्रो मन मिलिहाल्यो,’ नेपालले भने । मन र विचार मिलेपछि अरू कुरा मिल्दै जाने नेपालले बताए ।

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् । उनले सोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

“केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ । परपीडक नम्बर एक केपी ओली भनिदिए हुन्छ । अरुलाई दुःखमात्रै दिने काम उनीबाट हुन्छ ।”केपी ओलीलाई चिन्न नसक्ने प्रचण्ड सोझो हुनुहुँदो रहेछ

माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे ।अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए । “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।