माओवादी महासचिवमा नयाँ पत्रको इन्ट्री, वर्षमान पुन आउट !

हाम्रो सन्देश संवाददाता

१३ पुस, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन जारी छ। हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ। आज दोस्रो दिन बन्दसत्र हो। अहिले अध्यक्ष पुष्पकमल दाहाल,

‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। उनी लगातार दुई घण्टादेखि आफ्नो प्रतिवेदनबारे प्रकाश पार्न व्यस्त छन्। यो महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाईएको छ।

अध्यक्षमा प्रचण्डको विकल्प नभएको नेताहरुले बताउने गरेका छन्। महाधिवेशन सुरु हुनु अघिल्लो दिन अवेर राति सम्पन्न स्थायी कमिटी र महाधिवेशन सुरु हुने दिन विहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई बहुपदीय प्रणालीमा लगिएको छ।

जसअनुसार अध्यक्ष, १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ। अध्यक्षमा दाहालको विकल्प नभएको नेताहरुले नै सार्वजनिक रुपमा बताईसकेका छन्।

तर, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने तीन जनाको दाबी रहेको बुझिएको छ। नेताहरु जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषाल।यी तीनमध्ये अहिले पुन उपचारको लागि चीनमा छन्।

तर, दाहालले भने महासचिवमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मालाई ल्याउन चाहेको नेताहरुले बताएका छन्। हुन त यसअघि पुनले आफूलाई नै महाधिवेशन हलमार्फत महासचिव घोषणा,

गर्नुपर्ने माग अध्यक्ष दाहालसामू राखेको पनि बताईएको छ। तर, दाहालले शर्मालाई महासचिव बनाउने र पुनलाई उपाध्यक्षमा राख्ने मनस्थिति बनाएको एक नेताले जनाए।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ चयन हुने बताईएको छ। ६ उपाध्यक्षमा भने कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको नाम चर्चामा छ।

तेस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ।

आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरे। आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग सङ्घर्ष, जनक्रान्ति भन्ने शब्द,

हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो। माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको,

निर्णयको प्रतिवाद गरे। उनले भने, कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो। त्यो नै हटाएपछि त केही बाँकी रहेन। निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ।

हामी छलफल गरेर निष्कर्षमा पुगौँला। प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ,

भन्ने विश्वास व्यक्त गरे। संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ। माओवादीले भने,

आयोगको सो निर्णय अस्वीकार गरेको छ। माओवादीको विधानमा वर्ग सङ्घर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ।नेकपा ९एमाले०ले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ।

एमालेका उपमहासचि विष्णु रिमाल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको बताएको थियो।