सर्लाहीमा दुर्घटना हुदा दुई जनाको मृत्यु, एक घाइते !

हाम्रो सन्देश संवाददाता

११ पुस, काठमाडौं ।

सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठ’क्क’रबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठ’क्क’र दि’ए’को थियो ।

साइकलको ठ’क्क’रबाट टा’उ’कोमा चो’ट ला’गेर ग’म्भी’र घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।प्रहरीले साइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।

यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दि’ए’को थियो ।

घटनालगतै मोेटरसाईकल चालक लालबन्दी नगरपालिका–३, निवासी ४२ बर्षका जितन चौधरीलाई ला’लब’न्दीस्थित मोडल अस्पताल पुर्‍याइएको थियो । उनको शरीरको विभिन्न भागमा चो’ट ला’गे’को प्रहरीले जनाएको छ । ग’म्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ला’लब’न्दीले जनाएको छ ।

घटनामा सं’ल’ग्न ठ’क्क’र दि’ने सवारी फ’रार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक गुरुङकोे शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।