ललिता निवास जग्गा प्रकरणमा दुई ठुला माछा पक्राउ !

हाम्रो सन्देश संवाददाता

७ पुस, काठमाडौं ।

चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार राति सुवेदी दम्पत्तिलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा ह’ ‘त्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा ह’डपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए । सुवेदी दम्पत्तिसहित ११० जनाविरु’द्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ।

सुवेदीविरूद्ध प्रहरीले केही दिनअघि पक्राउ पूर्जी जारी गरेको थियो। सुवेदी मालपोत कार्यालयमा लेखनदासको काम गर्थे। विभिन्न व्यक्तिसँग मिलेर सरकारी जग्गा व्यक्तिका नाममा सार्न उनले भूमिका खेलेका थिए।