भिजिट भिसामा दुबई गएका धादिङका १९ जना अल-पत्र !

हाम्रो सन्देश संवाददाता

७ पुस, धादिङ ।

भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अल’पत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनि’एर बस्नु परेको पी’डितका परिवारले बताएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अल’पत्र परेर उद्धा’रको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्र’लोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पी’डित रमेश परियारले जानकारी दिएका छन् ।

नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए । २५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्र’वासन केन्द्रमा गरिएको उ’जुरीमा उल्लेख छ ।

वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजि’ट भिसामा नजान दुवाडीले आग्रह गर्नुभएको छ । अल’पत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ । -सिताराम अधिकारी उज्यालो अनलाइन बाट ।