मलेसियामा जनवरी १ देखी यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

हाम्रो सन्देश संवाददाता

५ पुस, काठमाडौं ।

मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ ।

पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्र-मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्र-मण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् ।

कोरोना स-ङ्क्रमण रोकथामका लागि लगाएको प्र-तिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

कोरोना म-हामारी रो-कथामका लागि लगाइएको प्र+तिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्र-तिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।

म+हामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी
जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन् ।

घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे पहिलो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा जलवायु अनुकूलनसँगै र उत्थानशील शहर तथा दिगो विकासबारे छलफलसहित भावि रणनीति तय गरेको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेक वर्ष सम्मेलन आयोजना हुने बताइएको छ । जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।

उहाँले भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण, आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिले काम गरिरहेको बताउनुभयो । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै जोखिम नियन्त्रणका लागि स्रोतसाधनको पहिचान र व्यवस्थापन, आवश्यक जनशक्ति उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकीकृत योजना निर्माण, हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।

सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले अगामी वर्ष पुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने बताउनुभयो । उहाँले दिगो विकास र समृद्धि सामूहिक पहलमा सम्भव हुने बताउनुभयो ।

जलवायु परिर्वतनको असर बढ्दै

त्यसैगरी जलवायु विज्ञ राजन थापाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको बताउनुभएको छ । “पहाडी जिल्लामा हुने जथाभावी विकासले पनि तराईका जिल्ला बाढीको उच्च जोखिममा छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय निरन्तर जलवायु परिवर्तन भइरहेको छ ।” केही वर्षयता तापक्रम बढिरहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको जानकारी दिनुभयो ।

त्यस्तै डा वसन्त अधिकारीले अव्यस्थित शहरीकरणले जलवायु परिर्वतनमा असर परिरहेको जनाउँदै दिगो विकासमा आधारित पूर्वाधार निर्माणलगायत काम गर्नुपर्ने बताउनुभयो । उहाँले शहरीकरण वर्षेनी बढ्दै गएको आँैल्याउँदै विकासलाई वातारणमैत्री बनाउनसके जलवायु अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा सहज हुनेमा जोड दिनुभयो ।