एमसीसी बारे निर्णय गर्न बसेका सर्वदलीय बालुवाटारबाट किन बाहिरिए माधव नेपाल ?

हाम्रो सन्देश संवाददाता

४ पुस, काठमाडौं ।

एमसीसी बारे साझा धारणा बनाउन बसेको सर्वदलिय बैठक सुरु भएको । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा मुख्य नेताहरु सहभागी भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरु सहभागी भएका हुन् । ओलीले बैठकमा सहभागी नहुने बताएका थिए । तर बालुवाटारमा बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

दिउसो चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको थियो । तर नेता नेपाल भने अर्को कार्यक्रममा सहभागी हुने भन्दै बैठकवाट वाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् ।

बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजानेवारे छलफल हुने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् । प्रचण्डले आफुहरुको राष्ट्रिय सम्मेलन नसक्दा सम्म एमसीसीको प्रस्ताव संसदमा नलैजान देउवालाई आग्रह गरेका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि अमेरिकी आर्थिक सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अघि नबढ्ने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डसंग माओवादीको राष्ट्रिय सम्मेलनअघि एमसीसी अघि नबढाउने सहमति जनाएको माओवादी केन्द्रका एक नेताले दाबी गरेका छन्। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ।

एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन
सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले राससलाई जानकारी दिनुभयो । बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा संसद्मा जारी गतिरोध अन्त्य गर्ने, संसद्मा विचाराधिन विषयलाई अगाडि बढाउनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।