माओवादीको राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह

हाम्रो सन्देश संवाददाता

४ पुस, काठमाडौं ।

सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेको छ ।

सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् ।

‘पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव नहुने अध्यक्षको धारणा छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘प्रधानमन्त्री समक्ष एक चरण कुरा भए पनि थप छलफल आजको बैठकमा हुनेछ ।’

उनका अनुसार सत्तारुढ गठबन्धनमा बैठकमा प्रचण्डले राख्ने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्नेछन ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

माओवादी केन्द्रले ११–१३ पुसको सम्मेलन आउन एक साता मात्रै बाँकी रहेको र अहिले नै संसदमा पेश गर्दा पार्टीमा बहसको बिषय हुने भन्दै सम्मेलनपछि मात्रै एमसीसीलाई संसदमा लैजान आग्रह गरेका हो । प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको पनि माओवादी नेताहरूले जनाएका छन् ।

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त विद्यालय मन्त्री खतिवडा आफैँले अध्ययन गरेको विद्यालय हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले खोप अभियानबाट कोही पनि नेपाली बञ्चित हुनुनपर्ने बताउनुभएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम विडारीले जानकारी दिनुभयो ।

उहाँले सबै बालबालिकालाई खोप नलगाएसम्म निरन्तर रूपमा यो अभियान जारी रहने बताउनुभयो । अधिकांश जिल्लाबाट खोपको व्यवस्था मिलाइएकाले स्थानीय तहमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गरेको जनाइएको छ ।

सरकारले आजदेखि सातवटै प्रदेशका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप दिन सुरु गरेको हो । तीन प्रदेशका आठ जिल्लामा भने यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चलाइने भएको छ । ती आठ जिल्लामा वागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी छ जिल्ला तथा सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत रहेको छ ।

मन्त्रालयले पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र आगामी माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । विद्यालयलाई खोप केन्द्र बनाउने सन्दर्भमा भने जिल्लास्तरीय प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार प्रमुख रहेको समितिले निर्धारण गरेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा सोही विद्यालयमा र कम विद्यार्थी भए दुई÷तीन विद्यालय मिलाएर कुनै एउटा विद्यालयमा खोप लगाइने तय गरिएको हो ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालयमा अभियान सुरु भएको हो । पहाडी र दुर्गग जिल्लामा सय विद्याथी भएपछि खोप केन्द्र मानिएको छ भने तराई र शहरी ठाउँमा २०० विद्यार्थीलाई एक खोप केन्द्र मानिएको छ ।