अमेरिकाबाट आयो दुखद खबर : एकजना नेपालीको मृत्यु, दुई घाईते

हाम्रो सन्देश संवाददाता

२८ मंसिर, काठमाडौं ।

अमेरिकामा सवारी दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दी ज्याम्रुककोटका सुनिल बराइली रहेका छन् ।

शनिबार विहान सबा १२ बजे मेरिल्याण्डको किंग्सभिल बाल्टीमोरमा सवारी दुर्घटनामा उनको ज्यान गएको हो । मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको गाडीले सुनिलको गाडीमा ठ’क्क’र दिं’दा दुर्घटना भएको हो ।

ठ’क्कर दिने गाडी हाकिरहेका चालकको पनि निधन भएको बताइएको छ । सुनिलको गाडीमा रहेका अन्य दुई यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

पोष्टमार्टमपछि सुनिलको शव परिवारको स्वीकृति बमोजिम फिनरल होममा राखिएको भण्डारीले जानकारी दिए । बराइलीको अन्तिम संस्कारका लागि प्रकिया सुरु भैसकेको छ भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एक दशकदेखि अमेरिका बसेका सुनिलले गत वर्ष मात्रै श्रीमती, छोरा र छोरीलाई अमेरिका लगेका थिए । “काम गर्न गएको परिवारको सदस्य अर्को दिन काम सकेपछि घर आउला भनेर पर्खिरहेको परिवारलाई प्रहरीले निधनको खबर सुनाउदा कस्तो हाल भयो होला?” समाजसेवी तथा नासोका केन्द्रिय अध्यक्ष राज सेन्चुरीले दुखि हुँदै भने।

अहिले आफुहरु बराईलिको परिवारलाई सहयोग गर्ने काममा जुटेको पनि सेन्चुरीले बताए। नेपालमा बाबा आमालाई खबर भईसकेको पनि सेन्चुरीले नेप्लिज डायस्पोरालाई बताए। बराईली एक मेहनेती र सबैसंग मिल्ने सहयोगी युवा रहेको उनका साथीहरु र छिमेकीहरु बताउछन।