जसरी पनि निर्वाचन जित्न देउवाले मतदान स्थलमै खेले यस्तो खेल

हाम्रो सन्देश संवाददाता

२७ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिले मतदान जारी छ । दिउसो सम्म ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।

बिहान ८ बजेदेखि मतदानको समय तोकिएको भए पनि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।

कांग्रेसको जारी मतदानमा केही अनौठा–अनौठा दृष्य देखिएका छन् । जसरी पनि सभापति जित्ने दवावमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा आफै मतदान स्थलमा निकै ढिलो पुगेका थिए । उनी पुग्दा सम्म उनका प्रतिस्पर्धीहरुले मत मागिसकेका थिए । जसरी पनि जित्नै पर्ने अवस्थामा रहेका देउवाले अब मतदान स्थलमा पनि केही चलाखी अपनाउन थालेको संकेत देखिएको छ ।

देउवाले आफ्नो मत बढी भएको प्रदेश ६ र ७ का महाधिवेशन प्रतिनिधीलाई विहान ७ वजे नै मतदात स्थलमा छिराएका थिए । जसका कारण छिटो र सजिलो तरिकाले उनीहरुले मतदान गर्न सकुनन् । अन्य प्रदेशका लाइनमा बसीरहँदा ६ र ७ का मतदान सकेर बाहिरिएका थिए ।

तर, आफनो मत नरहेको प्रदेशका मतदातालाई भने उनले वेवास्ता गरेको मतदाताहरुले नै बताएका छन् । खास गरी प्रदेश २ का महाधिवेशन प्रतिनिधिहरुले भोट हाल्न लामो लगाईन वस्नु परेको छ। ८ बजेबाट लाईन बसेका प्रदेश २ का मतदाताहरु दिउँसो करिव २ वजे बल्ल भोट हाल्न भित्र छिरेका छन् । तर, भित्र छिरेपछि मतपत्र सकियो भने पउिछ उनीहरु अलमलमा परेका थिए ।