कांग्रेस १४औं महाधिवेशन : मतदान सुरु

हाम्रो सन्देश संवाददाता

२७ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको न्युज कारखानालाई जानकारी दिए । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए । अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।

कांग्रेस महाधिवेशन : उम्मेदवार भोट माग्न व्यस्त

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् ।

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् ।

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् ।