अबको ४८ घण्टा भित्र यसरी हुन सक्छ नेपालको राजनिती उथलपुथल !

हाम्रो सन्देश संवाददाता

२७ मंसिर, काठमाडौं ।

अबको ४८ घण्टा भित्र नेपालको राजनिती उथलपुथल हुने संकेत देखा परेको छ । अबको दुई दिन पनि पछि नेपालको राजनितीले कुन कोर्स लेला भन्ने आम चासो तिब्र रुपले बढ्न थालेको छ ।

नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काग्रेसले १४ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागी मतगतगणना हुँदै गर्दा संसद भवन नयाँ बानेश्वरमा अबको दुई दिन पछि अर्थात मंसिर २८ गते मंगलवार संसद अधिवेशन आव्हान गरिएको छ । संसद बैठकको पहिलो दिनमै एमसीसी टेबुल हुन सक्ने अनुमान गरिएको छ ।

मंसिर २८ गते नेपालमा संसद वैठक बस्ने दिन डिसेम्बर १४ तारिख हो , केहि समय अघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायक मन्त्री लुले ले डिसेम्बर १४ सम्म एमसीसीको छिनोफानो गरि अन्तिम निर्णय दिन नेपालका राजनितिक दलहरुलाई अल्टीमेटम दिएर गएका थिए । लुले ले दिएको अन्तिम मिती र त्यहि दिन बस्न लागेको संसद बैठकलाई संयोग मात्र मान्न नसकिने तर्कहरु उठिरहेका छन् ।

पहिलो दिननै एमसीसी टुबुल हुन सक्ने आशंका सहित एमसीसी विरोधी अभियान्ताहरुले विरोधका कार्यक्रमहरु सुरु गरिसकेका छन् । नेपालका प्रमुख राजनितिक दलहरुले एमसीसीमा आफ्नो आधिकारिक मत कस्तो राख्लान् भन्ने चासो पनि बढिरहेको छ । एमसीसीकै कारण सत्ता राजनितीको समिकरणनै परिवर्तन हुन सक्ने सम्भावनको पनि विश्लेषण हुन थालेको छ ।

संसद बैठक बस्ने दिन नजिक आउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका बारेमा सकारात्मक अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री हुँदा एमसीसी पास गराउँन न्वारन देखिको बल लगाएका ओलीले केहि समय जिब्रो चपाएर बसे पनि फेरी एमसीसी पास गुर्न पर्छ भन्न थालेका छन् ।

ओलीको अभिव्यक्ति र पछिल्लो समय काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीको हिमचिमले निको संकते नगरेको विश्लेषण हुन थालेको छ । सत्तासाझेदार प्रमुख दल माओवादी केन्द्र र नेकपा एसले यथाअवस्थामा एमसीसी पास नगर्ने बताउँदै आएका छन् तर ओली र देउवा मिल्ने छाँट देखे पछि उनीहरुले कस्तो निती लिन्छन् भनेर पनि चासोका साथ हेरिएको छ ।

माओवादी केन्द्र र नेकपा एसले आफ्नो नितीमा अडिक रहेर यथाअवस्थामा एमसीसी पास गर्न नदिने अडान राखेमा नेपाली काग्रेस र नेकपा एमाले मिलेर एमसीसी पास गराउँन सक्ने एकथरिको मत रहेको छ । यस्तो अवस्था आएमा काग्रेस र एमालेको सरकार बनाएर चुनावमा जाने र माओवादी केन्द्र र नेकपा एस सडकमा जाने अवस्था आउँन सक्ने अनुमान गरिएको छ ।

ओली र देउवाको बढ्दो घनिष्ठता र पछिल्लो समय नेपाली काग्रेसलाई समेत तारो बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको अभिव्यक्ति आउँनुलाई राजनितीमा ठुलै उथलपुथल आउँन लागेको संकेतको रुपमा हेरिएको छ ।