प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

हाम्रो सन्देश संवाददाता

२५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अहिले पनि कार्यक्रम भइरहेकाे छ । नेता सिंहले सम्बाेधन गरिरहेका छन् ।

सभापतिको दौडबाट बाहिरिएका रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी

सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् ।

आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ । २. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो । ३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो । ४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ । ५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।