खुशीको खबर मलेसिया सरकारले विदेशी श्रमिक लैजाने यस्तो छ तयारी !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिकहरु लिने तयारी थालेको छ । विदेशी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको हो ।

स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मलेसियन सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उत्पादन, कृषि, प्लान्टेशन, सेवा, घरेलु क्षेत्रमा सबै श्रोत देशबाट श्रमिक ल्याउने निर्णय गरेको हो ।

सन २०२० को मार्च तिर मलेसियामा विदेशी श्रमिकहरु जान पाईरहेका छैनन् । श्रम सम्झौता अनुसार भर्ना प्रक्रिया सुरु भएको ६ महिनामै कोभिड महामारी देखिएपछि मलेसियाले नेपालसहित गन्तव्य देशबाट श्रमिक लैजान रोकेको थियो ।

मलेसियाको मानव संसाधन मन्त्रालयले सुरक्षा क्षेत्रमा अन्य देशका नागरिक लिने प्रस्ताव गरेपनि हालसम्म भने सुरक्षा क्षेत्रमा भने नेपाली मात्रै जान पाउने बताएको छ ।

नेपाली राजदूतावास मलेसियाले श्रमिक भर्नाको लागि मागपत्र प्रमाणीकरणमै सम्झौताको कार्यान्वयनमा जोड दिने तयारी थालेको बताएको छ ।

यद्यपि मलेसियाका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेलाई फिर्ता बोलाएपछि अहिलेसम्म कुनै पनि राजदुतको नियुक्ति हुन सकेको छैन । श्रमिक सहजताको लागि छिट्टै नै क्षमतावान राजदुत नियुक्त गर्नुपर्ने श्रमिकहरुको माग रहेको छ ।

दूतावासले कम्पनीका जिम्मेवार व्यक्तिलाई सुरुमै दुई देशबीचको सम्झौतालाई प्रर्याप्त जानकारी दिनको लागि यस्तो व्यवस्था गरिएको हो । दूतावासलाई बुझाएको करारपत्र नै मलेसियाको श्रम विभागमा रहनेछ । ‘जुन करारपत्र दूतावाससँग हुन्छ, त्यही करारपत्र मलेसियाको श्रम विभागमा रहन्छ । यसो भइसकेपछि उनीहरूको प्रतिबद्धता नेपाली दूतावाससँग पनि रहेको हुन्छ । यहाँको श्रम विभागमा रहेको हुन्छ । भोलि त्यसलाई पालना नगर्दा मलेसियाको श्रम विभागले पनि त्यसलाई कारबाही गर्छ’, उनले भने ।

सम्झौताले श्रमिक आपूर्ति गर्ने मोडल, प्रक्रिया र खर्च पनि टुंगो लगाइसकेको छ । श्रम सम्झौता अनुसार श्रमिकले अनावश्यक आर्थिक बोझ ब्यहोर्नु पर्दैन । श्रमिकपठाउन लाग्ने सेवाशुल्क, आउने–जाने हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च रोजगारदाताबाटै बेहोर्ने गरी मलेसियाले जिम्मा लिएको छ।

रोजगारदाताले नेपाली म्यानपावरलाई सेवाशुल्क वापत श्रमिकले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम दिने उल्लेख छ। श्रमिक लैजाँदा मलेसियाली रोजगारदाताको ६३ सयदेखि ७९ सय रिंगेटसम्म खर्च हुनेछ। नेपालमा स्वास्थ्य परीक्षणमा लाग्ने २ सय ६० र सुरक्षा जाचको १ सय ५ रिंगेट पनि रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्छ।

कोभिडपछि हुने भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको खर्च घटाउन मलेसियाले कार्यविधि नै बनाएको छ । नेपालस्थित मलेसियन दूतावासका अनुसार नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने निर्णय गरेको थियो । ‘जो रोजगारदाताहरू विदेशबाट श्रमिक ल्याउन इच्छुक छन्, उनीहरूले नै सबै खर्च बेहोर्नुपर्छ,’ गत महिना पत्रकार सम्मेलनमा गृहमन्त्री हमजाह जैनउद्धिनले भनेका थिए, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्चसमेत जोडिएको छ।’

श्रमविज्ञ गणेश गुरुङका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले श्रम सम्झौतालाई कार्यान्वयन गर्न अझ बल पुगेको बताए । ‘श्रम सम्झौताले भर्ना प्रक्रियालाई पारदर्शी बनाउने र श्रमिकमाथि लागत खर्च नथोपर्ने विषय ज्यादै महत्वपूर्ण थियो । कोभिडपछि श्रम्झौता कसरी अगाडि बढ्छ भन्ने अवस्थाको बेला मलेसिया पक्षले झन सबै खर्च रोजगारदाताकै भनेर घोषणा गरिदिनुले श्रम्झौता थप बलियो भएको देख्छु’, उनले भने, ‘यो नेपाली श्रमिकको लागि हितकर छ । अब काठमाडौंमा पैसा उठाउने म्यानपावरलाई विभागले कस्तो कारबाही गर्छ भनेर हेर्न बाँकी छ ।