सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो !

हाम्रो सन्देश संवाददाता

२१ मंसिर, काठमाडौं ।

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्था (एएनआई)ले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

बैतडीमा जिप दुर्घटना हुँदा नवबिवाहित दम्पतिसहित ५ को मृत्यु, ५ घाइते (अपडेट)

बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई र ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मृतक मनिषा र प्रेमको दश दिन पहिले बिवाह भएको थियो ।

उनिहरु ससुराली जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो । त्यसैगरी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का मानध्वज भट्टारई, ओमप्रकाश भट्टराईलाई, बिष्णु भट्टराई, दिपक भट्टराई र गोबिन्दी बिक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो । जिप सडकबाट २ सय मिटर तल खसेको छ । चालक फरार छन् । चिप्लो सडकका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।