शेरबहादुर देउवा नेतृत्वको सरकार ,एमालेले चाहेमा जुनसुकै बेला ढाल्न सक्ने विष्णु पौडेलको दावी

हाम्रो सन्देश संवाददाता

२० मंसिर, काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेलाई निर्वाचनपछि कसैले चाहेर पनि ह’ल्लाउ’न नसक्ने बताएका छन् । मंगलबार बुटवलमा एमाले तिलोत्तमाको नगर अधिवेशनमा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । उनले अहिले आफुहरु निर्वाचनमा केन्द्रित रहेको बताए ।

उनले एमालेले चाहेमा जुनसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकार ढा’ल्न सक्ने दाबी पनि गरे । अहिलेको पाँच दलीय गठबन्धन सरकार जुनसुकै बेला ढा’ल्न सकिने उनले बताए । उनले भने -‘एमालेले चाहेमा जतिसुकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बदल्न सक्छौं ।’
उनले अहिले आफुहरुको चाहना सरकार नभई पार्टीको संगठन निर्माण रहेको बताए । उनले अहिले आफुहरुको सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित रहेको बताए ।

यो पनि पढनुहोला : नेकपा एमाले महासचिव इश्वर पोखरेलले एमालेमा देशव्यापी उत्साह बढेको बताएका छन् ।महासचिव पोखरेलले एमालेका पक्षमा उत्साह जागेकोले २०७४ को निर्वाचन भन्दा राम्रो परिणाम आउने बताएका छन् ।

नेकपा एमाले टोखा नगरपालिकाको अधिवेशन उदघाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।उनले सबै प्रतिगामी षड’य’न्त्रलाई चिर्दै एमालेले जनताको हितमा काम गर्ने गरी राम्रो परिणाम ल्याउनु बताए ।

‘पार्टी कामलाई कसरी ब्यवस्थित गर्ने ? लोकतान्त्रिक अभ्याश भनेको सहमतिका साथ नेतृत्व छान्ने पनि हो, हाम्रो समाज इन्द्रेणी जस्तो छ, त्यसैअनुसार पार्टीलाई अघि बढाउनु पर्छ,’ महासचिव पोखरेलले भने, ‘

अव आउनेपार्टी कमिटीलेतीन बर्षको योजना बनाउनु पर्छ, जनताको स’म’स्या समा’धानका केन्द्रित हुनुपर्छ । एकतावद्ध भएर पार्टी अघि बढदा हाम्रो जीतलाई कसैले रोक्न सक्दैन ।’