बैतडीका भगिरथ बिष्ट कहिल्यै नफर्किने गरि कतारमा अस्ताए !

हाम्रो सन्देश संवाददाता

१८ मंसिर, बैतडी ।

बैतडीका युवकको कतारमा मृत्यु भएको छ। सुर्नया गाउपालिका–५ का भगिरथ बिष्टको मेसिनमा च्यापिएर मृत्यु भएको हो। कतारस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको मेसिनमा च्यापिएर मृत्यु भएको जनाइएको छ। उनी ४ बर्षअघि कामको शिलशिलामा कतार गएका थिए। १्२ महिना पछि घर फर्किने बताएका उनको मृत्यु भएको उनका भाई दानबहादर बिष्टले बताए।

मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता

मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जापान प्रवेशमा अनुमति पाएका थिएनन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा जापानको अनुमति प्राप्त गरी दुई जना जापानतर्फ लागेका छन् भने बाँकी मलेसियाबाट फर्किएका हुन् ।

अलपत्र परेका नेपाली नागरिकलाई हिमालयन एयरलायन्‍स, नेपाल एयरलायन्स र मलेसियन एयरलायन्सले एयरलायन्सले सहयोग गरेका थिए । मलेसिया ट्रान्जिट भएर यात्रा गर्ने यात्रुलाई पछिल्लो समय परिवर्तन भएको नियमको जानकारी लिएर मात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।