मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाली श्रमिक जोखिममा

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, क्वालालम्पुर (मलेसिया):=

विश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ नयाँ प्राण घातक संक्रमण फेला परिरहेको छ।
पछिल्लो समय डेल्टा भेरेयन्ट पछि अहिले पुन: नयाँ भाइरस ‘ओमिक्रोन’ फेला परेको विश्व स्वास्थ्य संगठन ड्ब्लु एचओले जनाएको छ।

त्यस्तै अन्य द्र्श संगै यहाँ मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। मलेसियाका स्वास्थ्य मन्त्र खाइरी जमालुद्धिनले यसको पुष्टी गर्दै गत बिहीबार मलेसियाको उत्तरपश्चिमी शहर इपोहस्थित एउटा व्यवसायिक विश्वविधालयमा अध्ययनरत दक्षिण अफ्रिकाका १९ वर्षीय युवामा ‘ओमिक्रोन’ को लक्षण पोजेटिभ फेला परेको बताउनुभएको छ।

उनी १९ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट सिङ्गापुरको बाटो हुँदै मलेसिया भित्रिएका थिए। स्वास्थ्य मन्त्रीले क्वालालम्पुर अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिने क्रममा उनको पिसीआर टेस्ट भएको र उनी इपोहस्थित विश्वविधालयले उपलब्ध गराएको क्वारिन्टिनमा बसेको जानकारी दिए। ‘क्वालालम्पुर विमानस्थलबाट इपोहतर्फ लाग्दा पनि विश्वविधालयले उनलाई विशेष गाडीको व्यवस्था गरेको थियो,’ शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री जमालुद्धिनले बताए।

उनले ‘ओमिक्रोन’ को लक्षण देखिएका व्यक्तिसँग नजिकिएका व्यक्तिहरुको पनि पिसीआर टेस्ट भएको तर अन्यको रिपोर्ट नेगेटिभ आएको बताए। सरकारले नयाँ भेरियन्ट थप फैलिन नदिन मलेशियन हरूलाई अब दक्षिण अफ्रिका, बोत्स’वाना, इस्वाटिनी, लेसोथो, मोजा’म्बिक, नामिबिया र जिम्बा’ब्वेमा यात्रा गर्न अनुमति बन्द गरेको छ। साथै मलेसियाले अफ्रिकी मुलुकहरुबाट आउने यात्रुहरुलाई समेत मलेसिया प्रवेशमा रोक लगाएको छ।