१७ मंसिर, काठमाडौं ।
नेपाली बजारमा सुनको भाउ मंसिर महिनायताकै कमजोर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार चाँदीको भाउ पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।
सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा दियो निवेदन
सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो ।
विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा कात्तिक २९ गते निवेदन दिएको हो ।
आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनबाट अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।