महिनावारी रोक्ने औ’षधि खाँदा यस्ताे समस्या देखिन सक्छ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चाड पर्व होस् वा अन्य विशेष समयमा महिलाहरूले महिनावारी रोक्ने औ’ष’धि प्रयोग गर्दछन्। विशेषगरी पूजाआजा तथा अन्य समयमा महिलाहरूले चिकित्सकको परामर्शबिनै औपधि पसलमा गएर आफूखुसी महिनावारी रोक्ने औ’ष’धिहरू प्रयोग गरेको पाइन्छ।

यसरी खाइने औ’ष’धिहरूले महिनावारी केही दिन पर सार्न मद्दत गरे पनि भविष्यमा महिलाहरूको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने चिकित्सकहरू बनाउछन्।

महिनावारी रोक्ने औ’ष’धि महिलाहरूको लागि हा’निका’रक हुने थाहा पाएर पनि प्रयोग गर्नेको संख्या बढेको पाइन्छ। डाक्टरको सल्लाहबिना महिनावारी सार्ने औ’ष’धि प्रयोग गर्दा महिनावारीको समयमा अ’त्या’धिक र’क्तश्रा’व हुने देखि धेरै पटक यस्ता औ’ष’धि से’वन गर्दा भविष्यमा पाठेघरको क्या’न्सर समेत हुन सक्ने परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउछन्।

महिनावारी रोक्न खाइने औ’ष’धि एक किसिमको हर्मोन भएको कारण यस्तो औ’ष’धि खाएर नियमित हुदै आएको महिनावारीलाई रोक्दा महिनावारीको समय गडबढी हुने, अ’त्या’धिक र’क्तश्रा’व हुनुका साथै भविष्यमा पाठेघरको क्यान्सर देखि स्त’न क्या’न्सर सम्म हुने जोखिम रहेकाे डा सुवेदी बताउछन्।

‘महिनावारी रोक्नको लागि खाइने प्रो’जेस्ट्रो’न ना’मक ह’र्मोन औ’ष’धिले तत्कालिन समयमा मोटोपन, पेट दुख्ने, चाया आउने , ग्यास्ट्रिक बढाउने गर्छ भने भविष्यमा पाठेघरको क्यान्सर देखि स्त’न क्यान्सर सम्म हुने जोखिम हुन्छ। जसले गर्दा यस्ता औ’ष’धि खानु हुदैन’ उनले भने।

यस्ता खालका औ’ष’धिको प्रयोग गरेका महिलाहरू औ’ष’धि से’वन गरेको केही समयपछि बिभिन्न समस्या लिएर आफूकहा आइरहेने समेत उनले बताए।

हालसम्म यस्तो औ’ष’धि महिलाहरूले कति प्रयोग गर्छन भन्ने यकिन तथ्यांक नभए पनि चाडपर्वको समयमा यस्ता औ’ष’धिहरू धेरै प्रयोग हुने गरेको पाइने डा सुवेदीले बताए।