भारतमा डिसेम्बर १५ देखि सुचारु गर्ने अन्तर्राष्ट्रिय उडान स्थगित

हाम्रो सन्देश संवाददाता

१६ मंसिर, काठमाडौं ।

भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ ।

महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।

दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको ओइरो लाग्न थालेको छ । बाला चतुर्दशीको अवसर पारेर मन्दिरमा लगाइएको ३९औँ महापुराण सफल पार्न र आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो लाग्न थालेको हो । आज साँझ दीप प्रज्वलन गर्ने र रातभर जग्राम बस्ने भक्तजनका लागि बस्न पालको व्यवस्था गरिएको अर्जुनधारा जलेश्वर धाम विकास समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिर १० गतेदेखि सुरु भएको महापुराणको आज सातांँै दिन साँझ गङ्गा आरती गरिने छ । आरतीमा सहभागी हुन पूर्वी नेपालका विभिन्न स्थानबाट करिब एक लाख भक्तजन आउने अनुमान गरिएको छ । विगतमा बाला चतुर्दशीका दिन भारतको सिक्किम, दार्जलिङ, सिलिगुढी, विहारलगायत स्थानबाट भक्तजन आउने गरेकामा कोभिड–१९ का कारण अघिल्ला वर्षहरूमा जस्तो उलेख्य मात्र सहभागिता हुन नसक्ने कोषध्यक्ष जोशीको भनाइ थियो ।

धार्मिक पर्यटन क्षेत्रमा नेपालको १००औँ सूचीमा समावेश भएको यस धामको विकास र प्रवद्र्धनका लागि गुरुयोजना तयार गरेर काम भइरहेको छ । धामले विगतमा मन्दिरको दक्षिण क्षेत्रमा साँढे चार विघा जमिन खरिद गरेर गुरुयोजना अनुसार कार्य गरिरहे पनि जग्गा अपुग भएका कारण थप १० कठ्ठा जमिन खरिद गरिएको थियोे ।

रु एक करोड २० लाखमा खरिद गरिएको जग्गाको रकम तिर्नका लागि यो महापुराणबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । समितिले घरदैलो कार्यक्रम नै गरेर रु ७५ लाख जम्मा गरिसकेको र बाँकी रु ७५ लाख यही बाला चतुर्दशीको अवसरमा लगाइएको पुराणबाट सङ्कलन हुने अपेक्षा गरिएको छ। मेलालाई सफल पार्नका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सवारी पार्किङको व्यवस्थालगायत सबैको तयारी भइसकेको जनाइएको छ ।