हवाई उडान प्रतिबन्ध लगाउन सिफारिस, कहिलेदेखि हुन्छ बन्द ?

हाम्रो सन्देश संवाददाता

१५ मंसिर, काठमाडौं ।

ईश्वरराज ढकाल, को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले को’भिड–१९ भा’इरसको नयाँ भेरि’यन्ट फेला परेको मुलुकमा यात्रा प्रति’बन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ ।

दक्षिण अफ्रिकाबाट फैलि’एको ओमि’क्रोन भाइ’रस एक दर्जनभन्दा बढी मुलुकमा फैलि’एपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई प्रतिबन्ध लगाउन सीसीएमसीले सिफारिस गरेको हो । सीसीएमसीको सोमबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, श्रम र शिक्षा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो ।त्यस्तै, नेपाली सेना, नेपाल प्रह’री र स’शस्त्र प्रहरी तथा राष्ट्रिय अनुस’न्धान विभागका उच्च अधिकारीको समेत सहभागिता रहेको उक्त बैठकमा अधिकांशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कामको आलोचना गर्दै तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

उनीहरूले जनताले स्वास्थ्य मापद’ण्ड पालना गरे-नगरेको विषयमा अनुगमन गर्न नसकेको र स्वास्थ्य परीक्षणको दायरा घटाएको भन्दै स्वास्थ्य मन्त्रालयको आलोचना गरेका थिए । सरकारले को’भिडपछि सबै क्षेत्र खुला गरिसकेको अवस्थामा मन्त्रालयले समन्वय गर्न नसकेको पनि उनीहरूको आ’रोप थियो ।

बैठकका सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीले स्वास्थ्य मन्त्रालयको लापरबाहीको विषयमा प्रश्न उठाएका थियौं । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ बैठकमा उपस्थित अधिकांशले नयाँ प्रजातिको भा’इसरबाट जोगिन चीन र भारत दुवै देशको सिमानामा कडा’इ गर्नुपर्ने सुझाव दिएका थिए ।

नयाँ भाइर’सबाट हुन सक्ने संक्र’मणको अवस्थाको बारेमा सबै निकाय चि’न्तित हुनुपर्ने सबैको भनाइ थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसले पार्ने प्रभावको बारेमा अनुसन्धान गरिरहेको बताउँदै नयाँ प्रजातिले विश्वलाई चिन्ति’त तुल्याइसकेको जनाएको छ ।

सीसीएमसीका प्रवक्ता एवं सहसचिव सुनीता नेपालले सीसीएमसीको बैठकको निर्णयानुसार उच्च सतर्कता अपनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव पठाइएको जानकारी दिनुभयो । यद्यपि उहाँले कुन–कुन मुलुकको यात्रा प्रति’बन्ध लगाउने भन्ने विषयमा भने निर्णय नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कुन–कुन देशका यात्रुलाई प्रति’बन्ध लगाउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषद्मा सीधै सिफारिस होला ।’ ओमि’क्रोन भाइ’रस अफ्रिका, एसिया र युरोपका अधिकांश मुलुकमा प्रवेश गरिसकेको छ । दक्षिण एसियाली मुलुकमा समेत यो नयाँ प्रजाति प्रवेश गर्न सक्ने आशंकामा भारतले समेत अफ्रिकी मुलुकको यात्रामा प्रतिबन्ध लगाइसकेको छ ।

कोभि’ड–१९ को नयाँ प्रजाति ओमि’क्रोन भा’इरस अस्ट्रेलिया, हङकङ, इटाली, जर्मनी, ब्राजिल, इजरायल, नेदरल्यान्ड, बेलायत, बेल्जियम, चेकगणतन्त्रलगायतका मुलुकमा फैलिइसकेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिको भाइ’रसको विषयमा अनुस’न्धान गरिरहेको जनाएको छ । गत कात्तिक २३ गते अफ्रिकामा संकलन गरिएको नमुनाको जेनेटिकमा ओमि’क्रोन भा’इरस फेला परेको थियो । -यो खबर नेपाल समाचारपत्रमा प्रकाशित छ ।