एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

हाम्रो सन्देश संवाददाता

१५ मंसिर, काठमाडौं ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए ।

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।

अरूले शपथ र बधाई थाप्दा निराश मुहारमा टुलुटुलु हेरेर बसिरहे भीम रावल र घनश्याम भुसाल

अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बसेका थिए। एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिएका थिए ।

त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो ।

भीम रावलले मास्क लगाएर बसेका थिए भने घनश्याम भुसाल मास्कविनै मञ्चको पछिल्लो भागमा बसेका थिए ।