भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।

रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यमा रावलले खाएनन् शपथ

नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए ।

गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता कुल बहादुर केसीले गठबन्धनले देशभर अंहकारी सत्ता बढारिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै केसीले सहिदको रगतले प्राप्त संविधान र गणतन्त्रको विरुद्ध कदम उठाउने ओलीको अहंकार तोडेर संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनको यात्रा अगाडी बढेको प्रतिक्रिया दिए ।

उनले कांग्रेससँग वैचारिक मत फरक भए पनि प्रतिगमनविरुद्ध देखिको सम्बन्धलाई अहिलेसम्म कायम राखेकै कारण केन्द्रदेखि प्रदेशसम्म एमालेले सत्ता छोड्नु परेको बताए । केसीले धुर्कोट गाउँपालिका सबै हिसाबले अब्बल देखिएकोप्रति खुसी व्यक्त गर्दै चौबिसे राज्य अब माओवादीको राज्य भएको बताए ।

सोही अवसरमा केसीले कृषि र पशुपालनको माध्यबाट समृद्ध प्रदेश निर्माण गर्न प्रदेश विकास बैंक सञ्चालनको तयारीमा रहेको बताए । ‘अरू बैंकले किसानलाई कर्जा दिन्छु भनेर दुःख दिए । अब किसानलाई प्रदेश विकास बैंकले कर्जा सरल रूपमा कर्जा दिन्छ,’उनले भने,‘हामी गफ होइन काम गर्छौ ।