एमाले अध्यक्षमा केपी ओली विजयी : ओलीलाई १९०० मत, रावलको १९६ मत पर्‍यो !

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छः अध्यक्ष डा लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना युवालाई नेतृत्वमा पु¥याउने रहेको उल्लेख गर्दै त्यसलाई आफूले सम्मान गरेर अध्यक्ष पदमा लिङ्देनलाई सहयोग गर्ने बताउनुभयो । उहाँले अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र कमल थापालाई पनि पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

युवा नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर देश र जनताको हितमा क्रियाशील भई प्रजातान्त्रिक पद्धतिबाट पार्टीको मूल सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्छ”, उहाँले भन्नुभयो, “पार्टीको संस्थागत विकास र सङ्गठनात्मक सुदृढिकरणका लागि पार्टीको नेतृत्वमा युवालाई पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो ।”

करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकता भएपछि पहिलोपटक यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको छ ।