दार्चुला अधिवेशन स्थलमा हानाहान, तीनजनाको अबस्था गम्भीर !

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको दार्चुलाको जिल्ला कार्यसमितिको निर्वाचनपछि अध्यक्षका दुई प्रत्यासीका समूह बीच झडप भएको छ। जिल्ला प्रशासन र प्रहरी कार्यालय नजिकको मतगणनास्थल दार्चुला विकास संगठनको हल नजिक झडप भएको हो।

।सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिंह धामी पक्षका बीच झडप भएको हो।धामी पक्षका एक नेताका अनुसार बोहराको समूहले धामी पक्षधरहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि झडप भएको हो।

झडपमा धामी पक्षका केही कार्यकर्ताहरु घाइते भएका छन्। घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँदलगायत रहेका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यी तीन जना गम्भीर घाइते छन्।

नेपाली कांग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ जना नेताहरू चुनावी प्रतिस्पर्धामा छन।

जिल्लाका प्रमुख नेताहरू नै चुनावी प्रतिस्पर्धामा भएकाले निर्वाचन प्रतिष्ठाको विषय बनेको छ। दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । कूल १ हजार ४२ मतदाता रहेकोमा ९ सय ५६ मत खसेको निर्वाचन समितिले जनाएको छ।

पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९ सय ५६ जनाले मतदान गरेका थिए ।मत गणना सुरु हुने बेला दुबै पक्षका बीच झडप भएको हो।

बोहरा पक्षलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको समर्थन छ । बडू रामचन्द्र पौडेल पक्षका हुन् । सभापतिका अर्का उम्मेदवार धामी विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षतर्फ खुलेका थिए।

नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

केन्द्रीय सदस्य रमेश लेखकनिकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनित हुनुअघि उनका स्वकीय सचिव थिए । जोशीले १ सय ५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १ सय ७८ मत ल्याएका छन् ।

कञ्चनपुर–३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दिपक सिंह, जंगबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महाधिवेशनमा निर्वाचितमध्ये बोगटीमात्र केन्द्रीय सदस्य एनपी साउदनिकट मानिन्छन् । उनलाई नेता रमेश लेखकले पनि आफ्नो प्यानलमा पारेको चर्चा छ । क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिमा साउदको प्यानल ‘क्लिन स्वीप’ भएको थियो।

तेस्तै, नेपाली कांग्रेस सुनसरीको सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन्। सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन् ।

भण्डारीले एक हजार ४२२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नौ मत पाएका थिए ।उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन्।

सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् । सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् ।

अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन्। भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् ।सुनसरीको चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहोरेको छ।

पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ। तेस्तै, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्टभएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् ।नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ। इमान्दार मेडिया बाट