फेरी चित्त बुझेन भिम रावलको, आधा प्रतिनिधीले भोट हालिसके पछि झिके बखेडा

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

नयाँ नेतृत्व चयनका लागी भइरहेको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मतदानमा धाँधली भएको भन्दै अध्यक्ष पदका उमेदवार भिम रावलले आपत्ती जनाएका छन् ।

भिम रावलकै जोडबलका कारण नेतृत्व चयनका लागी एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने सकेन र अन्तत चुनावमै गएको छ । बिहानै देखी जारी मतदानमा आधा भन्दा बढि प्रतिनिधिले भोट हालिसके पछि रावलले बखेडा झिकेका छन् ।

अध्यक्षका अर्का उमेदवार केपी ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई भोट नहाल्ने भन्ने प्रचा वितरण गरे आचारसंहिता उल्लघन भएको भन्दै रालवले आपत्ती जनाएका छन् । रावलले आफ्नो उमेदवारी अध्यक्षमा मात्रै भएको र केन्द्रिय सदस्यमा पनि उमेदवारको लिष्टमा नाम राखिएकोमा पनि उनले विरोध जनाएका छन् ।

महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको बताए। ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु।’

संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए। ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।