एमाले महाधिवेशन : लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा नाै जना निर्विराेध

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, काठमाडौं ।

नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जनकारीअनुसार लुम्बिनी प्रदेशको नाै वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नाै कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नाै कोटामा नाै जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।

महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । एद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

एमाले महाधिवेशन : बाग्मती प्रदेशबाट ‘महाधिवेशन कमाण्डर’सहित तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध, पुरुषमा प्रतिस्पर्धा हुन सक्ने

नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बाग्मती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवाश्यक संख्या तीनभन्दा बढीकाे उम्मेदवारी नपरेकाले बाग्मतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् ।

जसअनुसार पार्वती रावल, पेम्बा लामा र रचना खड्काको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध केन्द्रीय कमिटी सदस्य बनेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी नै छ ।

तर, बाग्मती प्रदेशको ६ वटा पुरुष कोटामा आठ जनाको उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने सम्भावना छ । उम्मेदवारी फिर्ताको समयसिमाभित्र उम्मेदवारी फिर्ता नभए बाग्मती प्रदेशमा प्रतिस्पर्धा हुनेछ ।

बाग्मती प्रदेशको ६ कोटाका लागि आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, केदार क्षेत्री, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामवीर मानन्धर, रामेश्वर रानामगर र सरेश नेपालले उम्मेदवारी दिएका छन्, दुई जनाले मात्रै उम्मेदवारी फिर्ता नलिएकोे खण्डमा बाग्मती प्रदेशमा आन्तरिक निर्वाचनवाट नेतृत्व चयन हुनेछ ।

रावल महाधिवेशन आयोजक जिल्ला चितवनकी अध्यक्षसमेत हुन्, उनलाई महाधिवेशन कमाण्डर भनेर चिनिन थालिएको छ ।