सिन्धुपाल्चोकका १० पालिकामा माओवादी नयाँ नेतृत्व चयन !

हाम्रो सन्देश संवाददाता

११ मंसिर, सिन्धुपाल्चोक ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ । सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।

जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन । त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गाउँपालिकामा भने मंसिर १५ गते हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, शुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाउँपालिकामा आज शनिबार सम्मेलन सम्पन्न भएको हो ।

कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले पायो पूर्णता

१४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ ।

पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४औं महाधिवेशन प्रचारप्रसार समितिलाई आज पूर्णता दिइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राई सदस्य रहने गरी प्रचारप्रसार समिति बनेको छ ।

यसैगरी सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू सदस्य रहने गरी प्रचारप्रसार समितिलाई पूर्णता दिइएको हो ।